ओखलढुंगा । २०८० साल असार ७ गते मध्य मनसुनको समय । त्यो दिन दिनभरी ठुलो पानी पर्नुको साथै रातभरि पनि दर्कने झरि परिरहेको थियो । चम्पादेवी गाउँपालिका–८ बिलन्दुको गुरुङ टोलका स्थानीय त्यो दिन दिउँसो धान रोपाइँको काम सकेर राति खाना खाएर सुतिरहेका थिए । दिनभरिको कामले थकित गुरुङ टोलका रणबहादुर गुरुङको परिवार त्यो रात छिट्टै निदाएछ ।
उनीहरु मस्त सुतिरहेको बेला अविरल मुसलधारे वर्षाले त्यहि रात ओखलढुंगाको बिलन्दुमा ठूलो पहिरो गयो । ठुलो आवाजको साथमा बज्रिएको पहिरोले तीन वटा घर एक निमेषमा बगायो । त्यस टोलका अन्य स्थानीय भागेर ज्यान जोगाउन सफल भए पनि रणबहादुरको परिवार पहिरोको चिहानमा अस्ताए ।
तत्काल सुरक्षाकर्मी, रेडक्रसका उद्धार टोली, जनप्रतिनिधि र स्थानीयहरु उद्धारमा खटिएपनि उनीहरुलाई जीवतै उद्धार गर्न सकेनन् । उनीहरुले ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी पत्नी ३१ वर्षीया शिवमायालाई मृत अवस्थामा फेला पार्न सफल भए पनि उनका दुई छोरा र छोरी भेटाएनन् । केही दिन निरन्तरको खोज उद्धारपछि रणबहादुरका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिकालाई मृत अवस्थामा पहिरोबाट निकाले ।

१६५ घरधुरीको बसोबास रहेको बिल्न्दुमा पहिरोले २२ घर पूर्ण रुपमा ध्वस्त भएका थिए भने ६२ घरमा क्षति पुगेको थियो । केही दिन उनीहरु स्थानीय विद्यालयमा शरण लिएर बसे पनि विस्तारै उनीहरु त्यही पहिरो मुनिको गाउँमा फर्किएर बस्न थालेका छन् ।
पहिरोमा छोराबुहारी र नातिनातिनीको ज्यान गुमाएका रणबहादुरका बुवा टेकबहादुर गुरुङलाई प्रदेश सरकारले एक लाख नगद राहत प्रदान गरेर जीवनप्रति आशावादी बनाए पनि परिवार गुमाएको पीडा उनले अहिलेसम्म भुलेका छैनन् । पछि संघीय सरकार र स्थानीय तहले पनि टेकबहादुरलाई नगद राहत उपलब्ध गराए पनि उनीलगायत गाउँवासी त्यही पहिरोमुनी जोखिम मोलेर बस्न बाध्य छन् । पहिरो रोकथाम र वस्ती स्थानान्तरणका लागि प्रदेश र संघ सरकारसँग माग गर्दै आए पनि हालसम्म सुनुवाइ हुन नसकेको चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीको भनाइ छ ।
यस्तै, चिसंखुगढी गाउँपालिका– ५ थुम्कीमा २०८१ साल असार १२ गते राती २ बजेको समयमा मुसलधारे वर्षा भइरहेको थियो । दिनभरी रोपाइँको कामले थकित थुम्कीवासी रातीको खानपिन पछि सुतिरहेका थिए । राती २ बजेतिर ठूलो आवाजका साथै जमिन थर्किन थालेपछि थुम्कीबासी सबै ब्युँझिएर घर बाहिर सुरक्षित स्थानमा भाग्दै थिए । तर स्थानीय बाबुराम खत्रीको परिवार घरबाट भाग्न मात्र के खोजेका थिए, माथि खसेको पहिरोले एकतले घर र गोठ पुरै पुरिदियो ।
घटनाको सूचना पाउना साथ प्रहरी चौकी सेर्नाबाट आइपुगेका प्रहरी टोलीसँगै स्थानीयवासी उद्धार कार्यमा जुटे । ३९ वर्षीय बाबुराम र उनकी छोरी १८ वर्षीया मेनकाको जीवितै उद्धार गर्न सफल भए तर बाबुरामकी ३५ वर्षीया पत्नी देवकुमारीको ज्यान गइसकेको थियो ।
घाइते बाबुराम र उनीकी छोरी मेनकाको उपचारका लागि स्थानीयले चन्दा संकलन गरेर ७ लाख खर्च जुटाइदिए । काठमाडौंमा उपचारपछि मेनका स्वस्थ्य भए पनि बाबुराम अझै उपचाररत अवस्थामा नै रहेको उनको छोरा मेखबहादुर खत्री बताउँछन् । मेखबहादुर अध्ययनका क्रममा सोलुखुम्बुमा भएकोले मात्रै ज्यान जोगिएको हो ।
यस वर्षपनि मनसुनी वर्षा अलि छिट्टै सुरु भइसकेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ को धनिपुर डाँडा, मोलुङको घलेगाउँलगायत ३५ वटाभन्दा बढी बस्तीका करिब पाँच हजार घरघुरी पहिरो र १७३ घरधुरी बाढी तथा डुवानको जोखिममा छन् । यो ओखलढुंगा विपद पुर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ को तथ्यांकले जनाएको छ ।
यस वर्ष जिल्लामा ९९ वटा पहिरोको घटना भइसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका हुन् । ओखलढुंगामा पछिल्लो एक दशकमा ६६ जनाले विपदजन्य घटनामा ज्यान गुमाउँदा पहिरोमा मात्रै ४५ वटा घटना भएका छन् ।
कोशी प्रदेशका १४ वटै जिल्ला पहिरो जोखिमयुक्त जिल्ला हुन् । चालु आर्थिक वर्षमा नै हालसम्ममा एक हजार ३१६ वटा पहिरोको घटना भएका छन् । जसमा २० जनाले अकालमै ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका हुन् । पहिरोमा परेर चार जना अझै बेपत्ता छन् । यस अवधिमा पहिरोबाट ५४३ घरधुरी विस्तापित भएका छन् भने ८९ करोड ६१ लाख २० हजार ५ सय मूल्य बराबरको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
जिल्लागत रुपमा यस वर्षको पहिरोको घटनाले पाँचथरमा सबभन्दा बढी क्षति पुगेको छ । यस वर्ष पाँचथरमा ५०५, धनकुटामा २३१, सोलुखुम्बुमा २०७, ओखलढुंगामा ९९, ताप्लेजुङमा ९४,

प्रतिक्रिया