ओखलढुंगामा किशोरीलाई जबर्जस्ती करणी गरेको आराेपमा युवक पक्राउ

भिजन समाचार
1.6k
Shares

एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको भदौरेका एक युवक पक्राउ परेका छन् ।
१७ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चिशंखुगढी गाउँपालिका–६ का एक युवकलाई पक्राउ गरेको हो ।
अभियुक्त युवकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको अधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको सूचना अधिकारी एमव् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले आरोपितको परिचय गोप्य राखेको छ ।