टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुंगाको खिजीदेम्बामा एक महिलाको मृत्यु भएको छ ।
मंगलबार दिउसाे घरमै मल्टिप्लगमा चार्जेवल टर्च चार्ज गर्ने क्रममा करेन्ट लाग्दा खिजीदेम्बा गाउँपालिका–३ तनुवाकी अन्दाजी ४६ बर्षीय बिष्णुमाया सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रतिक्रिया