खाद्य कार्यालय ओखलढुंगाबाट दाल र तेल पनि पाईने

भिजन समाचार
80
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड ओखलढुंगा शाखा बाट दाल र तेल पनि पाईने भएको छ । कार्यालयबाट हाल चामल र चिनी मात्र विक्री वितरण हुँदै आएकोमा दाल र तेल पनि शुपथ मुल्यमा विक्रि गर्ने प्रक्रिया थालिएको छ ।

उपभोक्ताहरुको माग र आवश्यकक्तालाई ध्यानमा राखेर कम्पनिको प्रधान कार्यालयमा माग गर्ने निर्णय गरिएको कार्यालयकी जिल्ला शाखा प्रमुख बिना घिमिरेले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा बसेको बैठककमा खाद्यको सेवालाई थप विस्तार गर्दै प्रभावकारी बनाउने बारे छलफल भएको प्रमुख घिमिरेको भनाई छ ।

गत वर्षको अल्या ४४८.५० क्वीन्टल र चालु आर्थिक बर्ष २०८१÷०८२ मा हाल सम्म जम्मा प्राप्ति एक हजार ६४५ क्वीन्टल रहेको कार्यालय प्रमुख घिघिरेले जानकारी दिईन । जसबाट आम उपभोक्तालाई ९९२.९८ क्वीन्टल, सहुलियत विक्री ६२८.५० क्वीन्टल, कारागारमा विक्री १८९.५० क्वीन्टल र हाल कार्यालयमा ८४४.६८ क्वीन्टल खाद्यन्न मौज्दात रहेको कार्यालयले जनाएको छ ।