ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ को जन्तरखानी ठडेमा स्थापना भएको प्रहरी पोष्टको नौ वर्ष पछि आफ्नै भवन बनेको छ । २०७३ साल देखी प्रहरी पोष्ट स्थानियको निजि घरबाट सञ्चालन भईरहेको थियो ।
सिद्धिचरण नगरपालिकाले १३ लाख ५० हजार बजेट विनियोजन गरेपछि प्रहरी पोष्टको आफ्नै भवन निर्माणका गरिएको हो । नगर प्रमुख तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको छ ।
प्रहरीको आफ्नै कार्यालय भवन भएपछि सेवा प्रवाह र व्यवस्थापनमा सहज हुने आशा गरिएको मेयर खनालले बताए । अहोरात्र नागरिकको सेवामा खटिने प्रहरीलाई नव निर्मित भवनले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।
सेवा प्रवाह सँगै प्रहरी जनशक्तिलाई समेत कार्य सम्पादन गर्न सहजता थपिएको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी एवम् नायब उपरीक्षक कृष्ण खड्काले बताए ।
नौ वर्ष अघि ठाडे क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर पोष्ट स्थापना गरिएको थियो । आफ्नै जग्गा व्यवस्थापन गरेर ढुङगा माटोको गाह्रो, जस्ताको छानो भएको एक तले चार कोठे भवन निर्माण गरिएको छ । भवनमा कार्यालय, ब्यारेक, शौचालय लगायतका आवश्यक संरचना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रतिक्रिया