खिजीदेम्बाका ५७ युवालाई निःशुल्क लोकसेवा कक्षा

भिजन समाचार
24
Shares

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले ५७ जना युवालाई निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरेको छ । पालिकाको नौं वटै वडाका ५७ जना युवालाई तीन महिना सम्म लोकसेवा कक्षा सञ्चालन गरेको हो ।

आर्थिक बर्ष २०८१÷०८२ मा बिनियोजित १५ लाख बजेटबाट चौथो, पाँचौ तह र अधिकृत तहका लागि तीन महिना निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।

तीन महिना सम्म सहभागीहरुलाई खाना, बास र स्टेसनरीका सामाग्री समेत प्रदान गरेर लोकसेवा पढाइएको अध्यक्ष शेर्पाको भनाई छ ।