किरात राई कर्मचारी मञ्च ओखलढुंगाको अध्यक्षमा सर्मिला राई निर्वाचित

भिजन समाचार
312
Shares

किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति ओखलढुंगाको अध्यक्षमा सर्मिला राई निर्वाचित भएकी छन् । आज सम्पन्न मञ्चको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएकी हुन् ।
राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ  । समितिको उपाध्यक्षमा शारदा राई, सचिवमा ढबल राज राई, सह–सचिवमा गुणा राई, र कोषाध्यक्ष भोग बहादुर (बीबी) राई चयन भएका छन् ।
सदस्यमा धिरेन राई, राजकमल राई, निरुता राई, अनिता राई, जित बहादुर राई, फूल बहादुर राई, अशोक राई, क्रन्तिका राई, सुष्मा राई र मन कुमारी राई रहेका छन् ।
किरात राई कर्मचारीहरुलाई एकीकृत बनाई संगठानिक रुपमा सशक्त बनाउने याेजना रहेकाे नव निर्वाचित अध्यक्ष राईले बताईन् । समुदायका युवाहरुलाई लाेकसेवा प्रति आकर्षण गर्ने कार्यक्रम संचालन गरिने राईको भनाइ छ ।

किरात राई कर्मचारी मञ्च निवर्तमान अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा भएको अधिवेशममा प्रमुख अतिथि मञ्चकी केन्द्रिय उपाध्यक्ष कोपिला राई, किरात राई यायोक्खा ओखलढुंगाका अध्यक्ष थगेन्द्र राज राई, कलाकार कल्याण राई लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच अधिवेशनबाट सल्लाहकार समिति पनि मनोनयन गरिएको छ । थगेन्द्र राज राई, धिरेन्द्र रुम्दाली, जितेन्द्र राई, एसबी जेराे राई मकर राई र दुत राज राई सल्लाहकार समितिमा मनाेनयन भएका छन् ।