मानेभञ्ज्याङका युवालाई अचार बनाउने तालिम

भिजन समाचार
312
Shares

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा स्थानिय सामाग्री बाट अचार बनाउने तालिम सुरु भएको छ । तालिममा प्रत्येक वडाका तीन जनाका दरले २७ जना सहभागी भएका छन् ।

‘आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार’ भन्ने नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) मार्फत सीपमुलक तालिम सञ्चालन गरिएको सहजकर्ता गोविन्द खत्रीले बताए । तालिम दश दिन सम्म सञ्चालन हुने छ ।

सहभागीहरुलाई स्थानीय कच्चा पदार्थहरु खुर्सानी, अमला, लप्सी र अदुवाको अचार बनाउने सीप सिकाईने छ । युवाहरुलाई स्वरोजगार बनाउन तालिम उपयोगी हुने विश्वास रहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताएका छन् ।

आज भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रुम्दाली लगायत उपाध्यक्ष आश्राचन राई , निमित्त प्रमुख प्रशासकिय अधिकृत सर्मिला राई जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।