ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा शव वहान व्यवस्था गर्न गाउँपालिका अध्यक्षले विदेशमा साँगितिक प्रस्तुती दिन पुगेका छन् । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पालिकामा शव वहान व्यवस्था गर्न जर्मन र बेल्जियममा साँगितिक प्रस्तुती दिन पुगेका हुन् ।
‘प्रवासीहरुको एकता र मातृभूमिप्रति समर्पण, साँगितिक साँझ मार्फत खिजिदेम्बालाई शव वहान’ भन्ने अभियान सहित गाउँपालिका अध्यक्ष शेर्पा जर्मन हुदै बेल्जियम पुगेका छन् । शेर्पा किदुक बेल्जियमको आयोजना र आमन्त्रणमा साँगितिक प्रस्तुती दिन अध्यक्ष शेर्पा त्यहा गएका हुन् ।
चर्चित गायक समेत रहेका अध्यक्षले शव वहानको अभावमा गाउँपालिका बासीले भोगेको समस्या अन्त्य गर्नका लागि शेर्पा किदुकको आमन्त्रणामा जर्मन हुदै बेल्जियममा साँगितिक कार्यक्रमका लागि आफु त्यहा पुगेको बेल्जियम बाट बताएका छन् । शव वहान खरिदका लागि सहयोग संकलन गर्ने पक्का भएपछि शेर्पा समाज जर्मन र बेल्जियमको आमन्त्रणामा आफु त्यहा पुगेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
शव वहान खरिद र व्यवस्थानका लागि सहयोग गर्न प्रवासीहरुलाई अध्यक्ष शेर्पाले आह्वान गरेका छन् । यस अघि अध्यक्ष शेर्पाको पहलमा विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा गाउँपालिकामा एम्बुलेन्स सहयोग प्राप्त भएको छ । शेर्पा लामो समय अमेरिका बसेर फर्किए पछि २०७९ सालको स्थानिय तहको निर्वाचनमा खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । आज साँज ५:३० बजे बेल्जियमकाे डन बस्काेमा पालिका अध्यक्षले साँगितिक प्रस्तुती दिने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया