चर्चित बाबा कालीदास ओखलढुंगा आउने

भिजन समाचार
316
Shares

स्वामी १००८ बाबा कालिदासका रुपमा परिचित कालिदास कृष्णानन्द ओखलढुंगा आउदै छन् । अन्तर्राष्ट्रि सन्त मण्डलेश्वर कालिदास भारतको दिल्ली बाट चैत १ गते नेपाल आईपुग्ने र २ गते ओखलढुंगा आउने छन् ।

कालिदासको जन्मथलो जिल्लाको सिद्धिचरण नगरपालिका–४ सानीटार हो । उनी २ गते हेलिकप्टर मार्फत मोलुङ–४ को जलजलेश्वर महादेवको दर्शनका लागि आईपुग्ने, मन्दिरमा दर्शन पुजा गरेर सोही दिन दिउँसो सानीटार हुदै खोटाङको हलेसी पुग्ने तालिका रहेको जलजलेश्वर मन्दिर व्यवस्थापन समितिका सल्लाहकार शम्भु प्रसाद दाहालले जानकारी दिए ।