जन्मदिनमा ३० जना विद्यार्थीलाई विद्यालय झोला वितरण

भिजन समाचार
258
Shares

ओखलढुंगाको सुनकोशीका युवा समाजसेवी अशोक किरण लुईटेलले जन्मदिनको अवसरमा विद्यार्थीलाई विद्यालय झोला वितरण गरेका छन् । सुनकोशी–१ को जयश्वरी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई लुईटेलले विद्यालय झोला वितरण गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन संघ सुनकोसीको अध्यक्ष समेत रहेका लुईटेलले जन्मदिनको अवसरमा विद्यालयमा पुगेर विद्यार्थीलाई झोला हस्तान्तरण गरेका छन् । बालबालिकालाई पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले उक्त सामाग्री सहयोग गरेको लुईटेलले भिजन समाचारलाई बताएका छन् ।