ओखलढुंगामा गर्भपतन गरेर सडकमा शिशु फाल्ने २ जना पक्राउ

भिजन समाचार
908
Shares

ओखलढुंगामा गर्भपतन गरेर सडकमा शिशु फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको शिशु गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ बर्षीय एक पुरुष र ३३ बर्षीय एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

अनैतिक शारिरीक सम्बन्धबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा शिशु फालेको आरोपमा बुधबार पक्राउ परेका उनीहरुलाई ओखलढुंगा जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले जानकारी दिए ।  

मृत फेला परेको शिशु पोस्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । पोस्टमार्टम र डिएनए परीक्षणको रिपोर्ट आएपछि अनुसन्धान थप अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरीले आरोपितहरुको परिचय गोप्य राखेको छ ।