मानेभञ्ज्याङ माधवपुरमा भरुवा बन्दुक फेला

भिजन समाचार
52
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ ।

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरस्थित जोगीडाँडा सामुदायिक वनको खोल्सामा बिहीबार साँझ बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्थानीयले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर बन्दुक नियन्त्रणमा लिएको हो ।

फेला परेको एकनाले भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखिएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति तथा बन्दुकको स्रोतबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।