ओखलढुंगा । ओखलढुंगा प्रहरीले २६ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक ठुलाछाप गाविस, हाल सिद्धिचरण नगरपालिका–२ निवासी ४० वर्षीय चेतबहादुर परियार उर्फ चेतन दर्जी रहेका छन् । उनलाई असार १६ गते इलाममा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
परियार विरुद्ध पुनरावेदन अदालत राजविराज, सप्तरी इजलासबाट २०५७ साल असार १४ गते कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको थियो । अदालतको फैसला पश्चात् उनी फरार रहेका थिए ।
पक्राउ परेका परियारलाई फैसला कार्यान्वयनका लागि २०८३ असार १७ गते ओखलढुंगा जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशपछि कैद सजाय भुक्तानका लागि उनलाई कारागार कार्यालय ओखलढुंगा चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर अधिकारीले जानकारी दिए ।
अदालतबाट फैसला कार्यान्वयनका लागि निर्देशन आएपछि गोप्य सूचनाका आधारमा प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया