ओखलढुंगा । जबरजस्ती करणी सम्बन्धी बालविज्याइँ गरेको आरोपमा पक्राउ परेका एक बालकलाई बालसुधार गृह विराटनगर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सांकेतिक नाम ‘ओ’ का रूपमा उल्लेख गरिएका ती बालकलाई ओखलढुंगा जिल्ला अदालतको बिहीबारको आदेशअनुसार शुक्रबार कानुनी प्रक्रिया पूरा गरी विराटनगरस्थित बालसुधार गृहमा पठाइएको हो ।
प्रहरीका अनुसार २०८३ वैशाख २९ गतेको घटनामा संलग्न रहेको आरोपपछि उनी जेठ १ गते पक्राउ परेका थिए । प्रहरीले उनकाे उमेर खुलाएको छैन । पीडित पक्षको जाहेरीका आधारमा जेठ ३ गते मुद्धा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
बालकलाई प्रहरी हवल्दार कुनाल विक्रम साहको कमाण्डमा दुई जनाको टोलीले बालसुधार गृह पु¥याएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया