ओखलढुंगामा पत्रकारका लागि एआई तालिम

भिजन समाचार
248
Shares
सामुहिक तस्वीर।

ओखलढुंगा । पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले ओखलढुंगामा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तीन दिने क्षमता विकास तालिम शनिबार देखि सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको आयोजना र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित यस तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लाक्पा जी शेर्पाले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई पनि समयअनुसार अद्यावधिक गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा ओखलढुंगा शाखाका अध्यक्ष पूर्ण प्रसाद न्यौपानेले पत्रकारितालाई प्रविधिमैत्री बनाउने तथा नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । तालिममा प्रशिक्षक द्वय अजय शर्मा र संगम महतले एआईको प्रयोग, समाचार लेखन, सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा यसको प्रभावबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनेछन् । तीन दिनसम्म संचालन हुने तालिममा जिल्लाका ३० भन्दा बढी पत्रकार, सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।