बाँदर धपाउन गएकी महिला मृत फेला

भिजन समाचार
400
Shares

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा बाँदर धपाउन गएकी एक महिला मृत फेला परेकी छन् ।

शुक्रबार दिउँसो बारीमा बाँदर धपाउन गएकी स्थानीय चेतकुमारी थापा मगर अपराह्न ४ बजे बारीको भित्तामा कोल्टे परेको अवस्थामा मृत फेला परेकी हुन् ।

घटनाबारे प्रहरी चौकी निसंखेलाई जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक विनोदकुमार खाँ थारुको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेकाे थियाे ।