ओखलढुंगा । जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८२ मंगलबारदेखि सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित मानेभञ्ज्याङ गाउँपालिकाको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा सुरु भएको तीन दिने प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन पुर्व सांसद नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने भएकाले राज्यले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।
मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार प्रतियोगितामा विभिन्न विधाका खेल समावेश गरिएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहकार्य समेत गरेको उनले जानकारी दिए । उद्घाटन समाराेहमा विभिन्न स्थानिय तहका प्रमुख, उपप्रमुख तथा शिक्षक प्रतिनिधीहरुकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया