ओखलढुंगा । जिल्लाका छुट्टाछुट्टै स्थानमा एकैदिन दुई जना मृत अवस्थामा फेला परेका छन् ।
सिद्धिचरण नगरपालिका–२ बाँनियाछापकी ५२ वर्षीया कुन्तादेवी बस्नेत सोमबार राति मृत अवस्थामा फेला परेकी हुन् । छिमेकीको विवाहबाट घर फर्किने क्रममा राति करिब १०ः४५ बजे घर नजिकैको बाटोमा बेहोस भई ढलेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।
स्थानीयको खबरपछि श्रीमानले उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पु¥याएका थिए । अस्पतालमा जाँच गर्दा मंगलबार राति १२ः५३ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए ।
त्यसैगरी, मानेभञ्ज्याङ गाउँपालिका–४ केतुकेका ५३ वर्षीय लेखराज गोले तामाङ पनि सोमबार नै मृत फेला परेका छन् । उनी दिउँसो करिब ३ः१५ बजे घरदेखि करिब २ किलोमिटर उत्तरतर्फ आफ्नै बारीमा मृत भेटिएका थिए । उनकाे आत्माहत्याका कारण ज्यान गएकाे बताइएकाे छ ।
दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया