ओखलढुंगा । जबरजस्ती करणीको आरोपमा ओखलढुंगा प्रहरीले रौतहटका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–६ घर भई हाल ओखलढुंगामा बसोबास गर्दै आएका अन्दाजी ५० वर्षीय चुनचुन साह कानु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार कानुले २०८२ चैत २४ गते दिउँसो करिब १२ः३० बजे अपांगता भएकी एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । यसै क्रममा ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया