ओखलढुंगाको केउरेनी घरमा आगलागी ५७ लाख क्षति

भिजन समाचार
108
Shares

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–२ केउरेनीमा आगलागी हुँदा करिब ५७ लाख भन्दा बढिको क्षति भएको छ । शनिबार विहान विद्युत् तार सर्ट भएर बुद्धि कुमार आचार्यको दुईवटा घरमा आगलागी हुदा ५७ लाख १० हजार ७५० रुपैयाँ बराबरको क्षति भएको हो ।

स्थानीय आचार्यको ढुङ्गा–माटोले बनेको र खरको छानो भएको दुई तले घरमा अचानक आगो लाग्दा आगो अनियन्त्रित भई नजिकमा रहेको अर्कोे ढुङ्गा–माटोले बनेको र खरको छानो भएको दुई तले घरमा समेत आगो लागिको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नयव उपरिक्षक मदन केसिले जानकारी दिए ।

उनका अनुसार घरसहित भित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, सुनको गहना १० तोला, चादिको गहना २५ तोला तथा नगद १० लाख रुपैयाँ जलेर नष्ट भएको बताए ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा पशुचौपायामा भने कुनै क्षति भएको छैन ।