लिखुमा एक वृद्धको लडेर मृत्यु

भिजन समाचार
82
Shares

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकामा लडेर एक वृद्धको ज्यान गएको छ । लिखु गाउँपालिका–४ यसमस्थित गोरेटो बाटोबाट लडेर करिब १० मिटर तल खस्दा लिखु गाउँपालिका–६ कात्तिकेका ६० वर्षीय नर बहादुर थापाको मृत्यु भएको हो ।

स्थानीयवासी तथा जनप्रतिनिधिले थापा मृत अवस्थामा फेला परेको जानकारी प्रहरी चौकी यसमलाई गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनास्थल सुरक्षित राखेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरीक्षक दीपक कुमार सिंहको कमाण्डमा थप प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसअघि बिहीबार पनि जिल्लाको खिजीदेम्बा गाउँपालिका–५ बसपार्क क्षेत्रमा लडेर बेहोस भएकी ७० वर्षीया पदम माया सुनुवारको उपचारका क्रममा मृत्यु भएको थियो । दुई दिनकाे अन्तरालमा जिल्लामा लडेर दुई जनाको ज्यान भएकाे छ ।