जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाभित्र रहेका म्याद गुज्रिएका र असुरक्षित अवस्थामा रहेका विस्फोटक पदार्थ तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
प्रशासनका अनुसार ओखलढुंगा ब्यारेक क्षेत्रमा रहेको दुर्गाबक्स गणको हाताभित्र विगत लामो समयदेखि भण्डारण गरिएका विस्फोटक पदार्थहरूको ‘शेल्फ लाइफ’ समाप्त भइसकेको छ र ती सामग्री हाल जोखिमपूर्ण अवस्थामा रहेको बताइएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित व्यक्ति वा संस्थालाई सात दिनभित्र प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । सूचनामा उल्लेख भएअनुसारः डिटोनेटर नं. ६ प्लेन कमर्सियल (भारत) ५ हजार ३३४ वटा, डिटोनेटर नं. ८ प्लेन कमर्सियल (भारत) ७ हजार ३ वटा, फ्युज सेफ्टी (भारत) १ हजार ७९१ मिटर रहेको छ ।
प्रशासनले तोकिएको मितिभित्र कसैले दाबी नगरेमा ती विस्फोटक पदार्थहरू प्रचलित कानुनअनुसार व्यवस्थापन गरिने जनाएको छ ।

प्रतिक्रिया