११६ औं अन्तर्राष्ट्रिय महिला दिवस ओखलढुंगामा मनाइयाे


ओखलढुंगामा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाईएको छ । आईतबार सिद्धिचरण नगरपालिका १० वडा नम्बर कायार्लय वेतिनीको प्रांगणमा समाजसेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धिचरण नगरपालिका वडा नम्बर १० को आयोजितमा कार्यक्रम गरिएको हो ।

सबै महिला र बालबालिको लागि अधिकार, न्याय र कार्य सहितको अवसर भन्ने नारा सहित मनाईएको दिवसमा वक्तृत्वकला, कवितावाचन प्रतियोगिता लगायत कार्यक्रम गरिएको आयोजक समाजसेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष युवा कुमारी धमलाले जानकारी दिईन् ।

उनका अनुसार महिला नेतृत्व आजको आवश्यकता शिर्षक वक्तित्वकलामा पाँच जना र महिला अधिकारको सम्मान, आत्मनिर्भरता हाम्रो अभियान शिर्षक कविता वाचन प्रतियोगितामा १० जना सहभागी रहेका थिए । प्रतियोगिताको नतिजा सम्बोधन, प्रस्तुती र विषयको उठानको आधारमा निर्णय गरेको थियो ।

कवितावाचनमा प्रथम शर्मिला दाहाल, द्वितीय पार्वता खनाल तृतीय रेनुका खनाल र सान्त्वना मीना धमला भएकी छन् भने वक्तित्वकला तर्फ प्रथ लिला धमला, द्वितीय सुमित्रा दाहाल , तृतीय राधा धमला र सान्त्वना चुना धमला भएकी छन् ।

प्रतियोगिताको दुबै तर्फ प्रथम, दितिय, र तृतीय हुनेलाई क्रमशः नगद रु दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय, एक हजार सहित प्रमाणपत्र प्रदान गरिने समाजसेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष धमलाले बताईन् ।

कार्यक्रममा प्रतिस्पर्धीहरूले वक्तित्वकला र कविता वाचन गर्दै महिलाको हक, अधिकारको विषयमा र महिलाले अफ्नो हक, अधिकारको लागि आफैले लड्नुपर्छ भन्ने मुख्य सन्देश कविता र वक्तित्वकला मार्फत दिएका थिए ।

वक्तित्वकला प्रतियोगिताको निर्णायकमा नरेन्द्र धमला, धनकुमारी थापा र मुना ढकाल रहेका थिए भने कविता वाचनको निर्णायकमा चेतनाथ धमला, अन्जना थापा र जानुका गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेले अहिलेको समयमा पनि धेरै महिलाहरु हिंसामा परि रहेकाे बताए । ११६ वर्ष अघि अन्तर्राष्ट्रिय जगतका महिलाहरुले आफ्नो हक अधिकारको माग गरेर प्राप्त गरेको दिन को अवसरमा महिला दिवस मनाइने उनले बताए ।

कार्यक्रम सिद्धिचरण नगरपालिका, साहस नेपाल, ग्रामीण महिला जागरण सञ्जाल, जिल्ला प्रहरी कार्यालय ओखलढुंगामाको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत, सिद्धिचरण नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष रमेश प्रसाद घमला, साहस नेपालका अध्यक्ष चन्द्र राई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैबिच ओखलढुंगामा क्याम्पस ओखलढुंगाको सहयोगमा ६ जना एकल महिलाहरूलाई साबुन, ब्रस, मन्जन लगायतका सरसफाईका सामग्रीहरू वितरण गरिएको छ ।