ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सदरमुकाम बजार क्षेत्रका सामुदायिक कुकुरको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै भ्याक्सिन अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाको आयोजनामा सार्वजनिक स्थलमा रहेका कुकुरहरुलाई लक्षित गरी बुधबार चार वटा कुकुरलाई छाला सम्बन्धी रोग नियन्त्रणका लागि भ्याक्सिन तथा १२ वटा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको हो ।
सिद्धिचरण नगरपालिकाकी पशुसेवा शाखा प्रमुख हिरा परियारका अनुसार समुदायमा रेविज जस्ता संक्रामक रोगको जोखिम न्यूनीकरण गर्न तथा कुकुरको स्वास्थ्य अवस्था सुधार गर्न अभियान सञ्चालन गरिएको थियो ।
नगरपालिकाले सार्वजनिक स्थलमा रहेका कुकुरलाई नियमित रुपमा भ्याक्सिन लगाउने तथा आवश्यक उपचार सेवा उपलब्ध गराउने योजना रहेको जनाएको छ । यस अभियानले मानव र पशुबीच सर्ने रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया