मोलुङ थामडाँडामा एक वृद्ध मृत फेला

भिजन समाचार
470
Shares

ओखलढुंगाको मोलुङमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–४ स्थित थामडाडामा ८२ वर्षीय नैना राज सुनुवार मृत फेला परेका हुन् ।

सोही वडाको सराबन बस्ने उनी बिगत तीन वर्षदेखि आफ्नै छोरी मोनिका रापचाको घरमा बस्दै आएका थिए ।
बिहिवार बिहान आफ्नै घर जाने भन्दै छोरीको घरबाट निस्केका सुनुवार दिउँसो गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए ।


घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बरुेश्वर रामपुरका प्रमुख प्रहरी निरीक्षक मनीष लुइटेलको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।