ओखलढुंगाकाे मोलुङका दुई वडाअध्यक्ष सहित एमाले कमिटी नेकपामा समायोजन

भिजन समाचार
324
Shares

ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा नेकपा एमालेबाट बिद्रोह गर्दै विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् । यस घटनाले मोलुङ गाउँपालिकाको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेहरूमा एमाले लेखा आयोगका अध्यक्ष मोहन ढकाल, मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङ, गाउँ कार्यपालिका सदस्य भक्तबहादुर सुनुवार र धिरज नौभाज रहेका छन् । बानियाँ र तामाङ एमाले बाट जितेका वडा अध्यक्ष हुन् । त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्जय खत्री र सुमन दाहाल, साथै मोलुङ गाउँपालिका एमाले अध्यक्ष तोयानाथ काफ्ले सहितका नेता तथा कार्यकर्ताहरू पनि नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् ।

नेताहरूको यस कदमले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ । स्थानीय स्तरमा प्रभावशाली मानिएका जनप्रतिनिधि तथा संगठनात्मक जिम्मेवारीमा रहेका व्यक्तिहरूको समायोजनले पार्टीको जनाधार थप मजबुत हुने देखिएको छ ।