ओखलढुंगाको रूम्जाटार वेल्फेयर सेन्टरले मोलुङ गाउँपालिका–८ स्थित राँगादिप माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ बराबरको फर्निचर सामग्री सहयोग प्रदान गरेको छ । श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक मेखबहादुर तामाङका अनुसार रूम्जाटार वेल्फेयर सेन्टरको २ लाख ७० हजार रुपैयाँ र विद्यालयको ३० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँको संयुक्त लगानीमा फर्निचर सामग्री उपलब्ध गराइएको हो । सहयोग अन्तर्गत २१ थान डेस्क–बेन्च, ३ थान टेबल, २ थान स्टिल दराज तथा कार्यक्रम सञ्चालनका लागि प्रयोग हुने १ थान पोडियम विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
विद्यालयको पठन–पाठन वातावरणलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक फर्निचर सामग्री सहयोग गरिएको रूम्जाटार वेल्फेयर सेन्टरका कार्यालय प्रमुख कृष्ण गुरुङले बताए ।
कार्यक्रममा रूम्जाटार वेल्फेयर सेन्टरका कार्यालय प्रमुख गुरुङ, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक राई, वर्तमान अध्यक्ष जितकुमार राई, शिक्षक–शिक्षिका, अभिभावक संघका संयोजक दिनेश राई लगायत विद्यालय परिवार र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया