जङ्गली जनावरले क्षतिगर्दा भटमास उत्पादनमा गिरावट

भिजन समाचार
32
Shares

ओखलढुंगामा भटमास खेती र उत्पादन दुवैमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जङ्गली जनावरले बाली नष्ट गरेपछि किसानहरू भटमास खेतीबाट निरुत्साहित हुँदै गएका छन् ।
केन्द्र सूचना अधिकारी इन्द्र राईका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १३० हेक्टरमा १.३१ मेट्रिक टन भटमास उत्पादन भएको थियो । सोही वर्ष क्षेत्रफल कायम भए पनि २०७९/०८० मा उत्पादन स्थिर रह्यो ।

तर २०८०/०८१ मा क्षेत्रफल घटेर १२८ हेक्टर र उत्पादन १.०९ मेट्रिक टनमा झरेको छ । गत आर्थिक वर्षमा पनि सुधार देखिएको छैन ।

राईले बताए अनुसार भटमास पाक्ने समयमा जङ्गली जनावरले खेतबारीमा क्षति पुर्‍याउँदा किसानहरू खेती गर्न उत्साहित नभएको कारण उत्पादनमा गिरावट आएको हो । जिल्लाका आठवटै पालिकामा भटमास खेती भए पनि प्रभावकारी जङ्गली जनावर नियन्त्रणका उपाय नहुँदा किसान समस्यामा छन् । बाँदर, दुम्सी, घाेरल लगायतका जङ्गली जनावरले किसानले लगाएका बालीमा क्षति गर्ने गरेका छन् ।