आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत हरि प्रसाद कोईरालाका अनुसार तोकिएको समयभित्र दल तथा स्वतन्त्रबाट गरि १६ वटा मनोनयन दर्ता भएका हुन् ।
उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको र सोही अनुसार मनोनयनको काम सम्पन्न भएको निर्वाचन अधिकृत कोईरालाले बताए ।
नेपाली कांग्रेस बाट कुमार लुईटेल, नेकपा एमाले बाट अस्मिता थापा, नेपाली कम्युनिष्ट पार्टी बाट अम्बिरबाबु गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट विश्वराज पोखरेलको उम्मेदवारी परेको छ ।
यसैगरी श्रम संस्कृति पार्टीबाट डा. उद्धवकुमार राई, उज्यालो नेपाली पार्टीबाट जेनजी अगुवा २६ वर्षिय किशोरी कार्की, राप्रपा नेपालबाट डिक प्रसाद बास्तोला, जनता समाजवादी पार्टीबाट नेत्रबहादुर नेम्वाङ, मंगोल नेशसन अर्गनाइजेशन बजेन्द्र वाम्बुले राई र नेपाल मजदुर किसान पार्टी बाट सविना प्रजापती, राष्ट्रिय जनमोर्चा नेपाल बाट शेरबहादुर खत्रीले मनोनयन दर्ता गराएका छन् ।
यसका साथै नारनकाजी तामाङ, कुमार बहादुर तामाङ, पिङकी राई, विक्रम दाहाल दाहाल र सन्त तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया