ओखलढुङ्गाको लिखु गाउँपालिका–४ यसममा माटो परीक्षण गरिएको छ । पुस २२ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा यसमका १३० जना कृषकबाट १३३ माटोको नमुना संकलन गरी परिक्षण गरेको हो ।
१३३ माटो परिक्षण गर्दा ७९ वटा नमुनामा अम्लियपन भई कृषि चुन प्रयोग गर्नुपर्ने र ५४ वटा नमुनामा कृषि चुन प्रयोग गर्न नपर्ने देखिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईले जानकारी दिए ।
नमुना परीक्षणमा खाद्य तत्व नाइट्रोजन, फस्फोरस र पोटास परिक्षण गरिएको छ । १३३ वटा नमुनामा नाइट्रोजनको मात्रा परिक्षण गर्दा ५६ वटा कम, ३३ मध्यम र ४४ उच्च रहेको छ ।
यस्तै ३४ मा कम, ३८ मा मध्यम र ६१ मा उच्च नमुनामा फस्फोरसको मात्रा पाइएकोे छ भने ७१ नमुनामा कम, ३९ मा मध्यम र २३ माटोको नमुनामा उच्च पोटासको मात्रा सूचना अधिकारी राईले बताए ।
उत्पादन र उत्पादकत्व वृद्धि गर्न, नाइट्रोजन, फस्फोरस, पोटास लगायतका तत्व पहिचान गर्न, आवश्यकताअनुसार मल प्रयोग गरी अनावश्यक खर्च घटाउन, माटोको अम्लीय/क्षारीय अवस्था पहिचान गर्न, वैज्ञानिक खेतीमार्फत बालीको उत्पादन र गुणस्तर बढाउने उद्देश्यले कृषि ज्ञान केन्द्र ओखलढुङ्गा र लिखु गाउँपालिकाको समन्वय माटोको नमुना परिक्षण गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया