ओखलढुंगाको मोलुङ गाउँपालिकन–२ राम्पुरमा सम्पन्न पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बरुणेश्वर माध्यमिक विद्यालय मोलुङ गाउँपालिका–२ ले जितेको छ ।
प्रतियोगितामा २३ स्वर्ण, आठ रजत र एक कास्य गरी कुल ३२ पदक प्राप्त गर्दै बरुणेश्वर मावि पहिलो स्थानमा रहन सफल भएको हो ।
यस्तै कालिका मावि भालथुम्काले सात स्वर्ण, तीन रजत र आठ कास्यसहित कुल १८ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । तीन स्वण सहित ३ पदक प्राप्त गरेको गणेश मावि ढुस्के तृतीय भएको मोलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलले जानकारी दिइन् ।

प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेको पालिकाले जनाएको छ ।
बरुणेश्वर माबिले यस अघि लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेको थियो । यस सँगै चौथो र पाँचौं पनि बरुणश्वरले नैं उपाधि हात पारेको छ । पौष २८ गते मोलुङ गाउँपालिकाको अध्यक्ष उत्तम राईले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया