ठाडे प्रहरी चौकीलाई हिटर प्रदान

भिजन समाचार
58
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ ठाडेमा रहेको अस्थायी प्रहरी पोष्टलाई जाडो मौसममा न्यानोपनाका लागि हिटर सहयोग प्राप्त भएको छ ।

सिद्धिचरण नगरपालिका–६ जन्तरखानी स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएका समाजसेवी दिनेश कुमार मगरले प्रहरी पोष्टलाई करिब पाँच हजार रुपैयाँ बराबरको तीन थान हिटर प्रदान गरेका हुन् ।

वडा नम्बर ६ का वडा अध्यक्ष मेखबहादुर मगरका अनुसार जाडो मौसममा प्रहरी कर्मचारीहरूले भोग्दै आएको कठिनाइलाई मध्यनजर गर्दै उक्त सहयोग प्रदान गरिएको हो । यसले चिसो मौसममा सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा सहजता मिल्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहमा सुरक्षाकर्मी र समुदायबीचको सम्बन्ध थप मजबुत बनाउन यस्ता सहयोगी कार्यहरू उदाहरणीय हुने वडा अध्यक्ष मगरले बताएका छन् ।