ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–७, रयाले धारा टोलबाट प्रहरीले लागुऔषध गाँजा र मृगको छालासहित एक युवकलाई पक्राउ गरेको छ ।
१४ गते राति करिब ९ बजे स्थानीय रबिन खत्री (अन्दाजी ४८ वर्ष) र तारा बहादुर खत्री (अन्दाजी ४८ वर्ष) बीच झै–झगडा भएपछी प्रहरी चौकी कोषाहाट बाट खटिएको प्रहरी टाेलीले रबिन खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
झगडा अनुसन्धान गर्न पुगेकाे प्रहरी टोलीले घटनास्थलमा पुगेर बुझ्ने क्रममा खत्रीको घरमा लुकाइछिपाइ राखिएको प्लास्टिकको झोलामा ७ पोका र हाँगासहितको लागुऔषध गाँजा (परिमाण खुल्न बाँकी) तथा थान–१ मृगको छाला फेला पारेको प्रहरीले जनाएको छ ।
फेला परेका अवैध सामग्रीसहित रबिन खत्रीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया