ओखलढुंगाको चिशंखुगढी भदाैरेका मगर दम्पत्तिको विभत्स हत्या

भिजन समाचार
1.6k
Shares
मगर दम्पतीकाे घर।

ओखलढुंगाको चिखंखुगढी गाउँपालिका–६ भदौरेमा गयराति एक दम्पत्तीकाे विभत्स हत्या भएको छ । भदौरेका अन्दाजी ६० बर्षीय शाेभितमान थापामगर र उनको श्रीमती रत्नमाया थापामागरको हत्या भएको हो ।

बिहान अबेरसम्म नउठे पछि स्थानीयले हेर्दा हत्या भएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानको लागि आफुहितको टोली जिल्लाबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए ।

घटनास्थल र शवको अवस्था विश्लेषण गरेर थप अनुसन्धान गर्नुपर्ने भएकाले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको उनले भिजन समाचारलाई जानकारी दिएका छन् ।