यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगामा राेकिएकाे सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा साँढे तीन महिनापछि पुनः सुरु हुने भएको छ ।
गत भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि परीक्षा सेवा रोकिएको थियो । लामो समयसम्म परीक्षा सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरू ठूलो समस्यामा परेका थिए ।
यातायात व्यवस्था कार्यालय रुम्जाटारका सूचना अधिकारी गौतम चौधरीका अनुसार यही पौष १६ र १७ गतेदेखि लाइसेन्स परीक्षा सञ्चालन गरिनेछ । हरेक हप्ता बुधबार लिखित परीक्षा र बिहीबार प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा लिइने व्यवस्था गरिएको छ ।
सेवा पुनः सुरु हुन लागेपछि सेवाग्राहीहरूले राहत महसुस गरेका छन् । कार्यालयले आवश्यक तयारी पूरा भइसकेको जनाउँदै सबै परीक्षार्थीलाई समयमै उपस्थित भई परीक्षा प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया