ओखलढुंगाको चिशंखुगढीमा एक शिक्षक मृत फेला परेका छन् । चिसंखुगढी गाउँपालिका–७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षक अन्दाजी ५६ वर्षीय राजेश्वर प्रसाद साह मृत फेला परेका हुन् ।
सिराहाको कर्जहना नगरपालिका–६ स्थायी घर भई हाल ओखलढुङ्गा चिसंखुगढी–७ गैरीमा मणि प्रसाद श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
बुधबार बिहान करिब ९ बजे साह आफ्नै सुत्ने कोठाको भित्तामा अढेस लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा पाँच जनाको प्रहरी टोली परिचालन भएको छ ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया