ओखलढुंगामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन् । दुरीका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको गुनासो आएपछि जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका सूचना अधिकारी विदुरकुमार बस्नेतका अनुसार सोही सिफारिसका आधारमा निर्वाचन आयोगले जिल्लामा पाँच मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो ।
नयाँ थपिएका मतदान केन्द्रहरूमा चिशंखुगढी गाउँपालिका–६ स्थित छात्र प्रगति माध्यमिक विद्यालय भदौरे, मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्के, सिद्धिचरण नगरपालिका–५ स्थित कालिकादेवी आधारभूत विद्यालय वर्णालु, चम्पादेवी गाउँपालिका अन्तर्गत जीवन ज्योति माध्यमिक विद्यालय मिश्र भञ्ज्याङ (बिलन्दु–मिश्र भञ्ज्याङ) तथा सिद्धिचरण नगरपालिका–१२ स्थित जिल्ला समन्वय समिति ओखलढुंगाको प्राङ्गण रहेका छन् ।
सूचना अधिकारी बस्नेतका अनुसार मतदान केन्द्र थपिएसँगै जिल्लामा कुल मतदान केन्द्रको संख्या १५८ पुगेको छ भने मतदान स्थलको संख्या ८४ पुगेको छ ।
निर्वाचन आयोगको निर्देशनअनुसार जिल्लामा निर्वाचनको तयारीका लागि आवश्यक विभिन्न कार्यहरू अगाडि बढाइएको कार्यालयले जनाएको छ । हाल मतदाता नामावली अद्यावधिक गर्ने काम निरन्तर रूपमा भइरहेको छ

प्रतिक्रिया