अधेरी फुटबलको उपाधि उँबुले जित्यो

भिजन समाचार
162
Shares

ओखलढुंगाको अधेरीमा सम्पन्न वडा अध्यक्ष कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि मोभन्ज्याङ गाउँपालिका–३ उँबुले जितेको छ । शनिबार भएको फाइलन खेलमा कालिका एफसी रुम्जाटारलाई २–० गोलले पराजित गर्दै उँबुले उपाधि जितेको हो ।

प्रतियोगितामा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा तृतिय भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने टिमलाई क्रमशः ५५ हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाण–पत्र, द्धितिय हुनेलाई ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाण–पत्र, तृतीयलाई २२ हजार २२२ को साथमा सिल्ड, मेडल र प्रमाण–पत्र र सान्त्वनालाई पाँच हजार ५५५ पुरस्कार प्रदान गरिएको खेल संयोजक राज मोहन राईले जानकारी दिए ।


उज्जवल भविष्य ग्रामिण विकास केन्द्र युवा क्लब सिद्धिचरण नगरपालिका–३ को आयोजना तथा सिद्धिचरण नगरपालिका– ३ को सह–आयोजनामा भएको प्रतियोगितामा १३ समुह सहभागी भएको थिए । प्रतियोगिता मंसिर २३ गते देखि २७ गते सम्म भएको थियो ।