ओखलढुंगाको खिजीदेम्बाका समाजसेवी लाल बहादुर सुनुवारले जाडोको समयमा विद्यार्थीलाई न्यानो स्वीटर प्रदान गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका–१ केराबोटेका समाजसेवी तथा भूतपुर्व युके आर्मी ८९ बर्षिय सुनुवारले वडाको दुई विद्यालयलाई गरि २२९ थान स्वीटर र अक्षयकोषको लागि ७५ हजार नगद सहयोग गरेका हुन् ।
बिहीबार एक कार्यक्रमका बिच सुनुवारले खिजिदेम्बा–१ को नर्मदेश्वर माध्यमिक विद्यालय रगनीका सबै विद्यार्थीलाई १६१ थान स्वीटरसँगै विद्यालयमा अक्षयकोषको लागि ५० हजार र चुलि आधारभूत विद्यालयका ६८ विद्यार्थीलाई स्वीटर तथा विद्यालयमा मन्दिर निर्माणका लागि २५ हजार प्रदान गरेका हुन् ।
वृद्धअवस्थामा पनि समाजसेवामा सक्रिय रहँदै विद्यार्थी र विद्यालयलाई सहयोग गरेकोमा वडा अध्यक्ष कुमार सुनुवार र विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल सुनुवारले धन्यवाद दिँएका छन् ।

प्रतिक्रिया