मानेभन्ज्याङ राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवती माविले जित्यो

भिजन समाचार
34
Shares

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा सम्पन्न मावि–स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवति माध्यमिक विद्यालय मानेभन्ज्याङले उपाधि हात पारेको छ । मंसिर १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भगवति माविले आठ स्वर्ण, आठ रजत र छ कास्य गरी कुल २२ पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

यस्तै प्रतियोगितामा हर्कपुर मावि हर्कपुरले आठ स्वर्ण, पाँच रजत र तीन कास्य गरी १६ पदकसहित द्वितीय स्थान प्राप्त गरेको छ ।
कालिका मावि मोलीले सात स्वर्ण, चार रजत र पाँच कास्य गरी १६ पदकसहित तृतीय बनेको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक भरत खतिवडाले जानकारी दिए ।

प्रतियोगितामा गाउँपालिकाका आठ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमश नगद रु. ३० हजार, २० हजार र १५ हजार प्रदान गरिएको थियो ।

यस्तै विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली लगायतका अतिथिले पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।