दुम्सी लुक्ने ओडारमा अड्कीएका पुरुषकाे उद्दार

भिजन समाचार
152
Shares

दुम्सी लुक्ने ओडारमा अड्कीएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ तिलबारीका ५५ वर्षीय रामबहादुर तामाङकाे उद्दार प्रयास गरिएकाे छ । शनिबार दिउँसो दुम्सी खोज्ने क्रममा तामाङ ओडारमा पसेका थिए ।

करिब १०–१५ फिट गहिराे ओडारमा पसेका तामाङ ढुङ्गाको चेपमा अड्किएका थिए । प्रहरी चौकी ताप्केडाँडाबाट प्रहरी सहायक निरीक्षक रमेश पटेलको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले तामाङलाई बाहिर निकाल्ने काम भइरहेकाे ओखलढुंगा प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।