ओखलढुंगामा जागिर छोड्ने शिक्षकको संख्या बढ्दै

भिजन समाचार
810
Shares

पछिल्लो समय ओखलढुंगाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अवधि नपुग्दै राजीनामा दिने क्रम बढेको छ । शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुंगाका अनुसार कतिपयले व्यक्तिगत कारण देखाउँदै र कतिपयले स्वास्थ्य लगायतका समस्या उल्लेख गरी स्वेच्छिक राजीनामा दिइरहेका छन् ।

गत आर्थिक वर्षमा मात्रै १४ जना शिक्षकले जागिर छोडेका थिए भने चालु आव २०८२/८३ को हालसम्मको अवधिमा थप तीन जना मिलेर कुल १७ जनाले शिक्षक पदबाट राजीनामा दिएका छन् ।  एकाइका प्राविधिक सहायक विजय कुमार यादवका अनुसार हाल राजीनामा दिने शिक्षकहरूको संख्या निरन्तर बढ्दै जाने संकेत देखिएको छ ।

यादवले शिक्षक पेशाबाट आकर्षण घट्दै गएको तथा व्यक्तिगत तथा स्वास्थ्य सम्बन्धी कारणहरू प्रमुख कारणका रूपमा देखिएको बताए । जिल्लाभरका विद्यालयमा शिक्षकको राजीनामा बढ्दै गएपछि पठन–पाठनमा पनि असर पर्ने सम्भावना व्यक्त गरिएको छ ।