उद्योग दिवसमा सात सेवाग्राही सम्मानित

भिजन समाचार
94
Shares

घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले मंगलबार एघारौँ उद्योग दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमका क्रममा प्रथम सात जनालाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा आयोजित समारोहमा सेवाग्राहीलाई दोसल्ला, सम्मानपत्र तथा नगद पाँच सय रुपैयाँसहित सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयकी सूचना अधिकारी रविना राईले जानकारी दिइन् ।

सम्मान कार्यक्रम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजन श्रीवास्तव, घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका प्रमुख रुद्रबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ ओखलढुंगाका पूर्व उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ तथा करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत खिलबहादुर श्रेष्ठलगायतले संयुक्त रूपमा गरेका थिए ।