जेनजी प्रदेश सम्मेलन धरानमा सम्पन्न

भिजन समाचार
58
Shares

‘द काउन्सील अफ जेनजी’ कोशी प्रदेश जिल्ला संयोजकहरुको सम्मेलन धरानमा सम्पन्न भएको छ । प्रदेशका १४ जिल्लाका संयोजकहरुको सम्मेलन धरानमा सम्पन्न भएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई ऐतिहासिक परिवर्तन/क्रान्तीका रुपमा स्वीकार गर्दै छरिएर रहेका विचार मिल्ने सबै जेनजी समूहलाई एकत्रित गर्न जोडदार पलह गर्ने लगायत १५ बुदे धरान घोषणा पत्र जारी गरि सम्मेलन सकिएको प्रदेश संयोजक उपार्जुन चाम्लीङले बताए ।

१४ जिल्ला मध्ये १० जिल्लाका संयोजक साथै सुदुरपश्चिम, लुम्बीनी र बागमती प्रदेश संयोजकहरु र जेनजी एलाईन्स, फ्रन्टका संयोजकहरुको समेत सहभागिता रहेको संयोजक चाम्लीङले जानकारी दिए । आसन्न आम निर्वाचनमा सबै दललाई स्वच्छ, पारदर्शिता र भ्रष्ट्रहरुलाई बहिस्कार गरि सहभागी हुन जेनजीहरुले सम्पुर्ण सरोकारवालालाई आह्वान गरेका छन् ।

सम्मेलन उपलब्धीमुलक भएको ओखलढुंगा जिल्ला संयोजक सुजन राईले बताए । जेनजी समूहले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको अनुगमन गरेका थिए ।