प्रथम थानीढुंगा कपको उपाधि रुम्जाटार युनाइटेडलाई

भिजन समाचार
316
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ रामपुरमा सम्पन्न प्रथम थानीढुंगा कप–२०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता (सेभेन ए साइड) को उपाधि रुम्जाटार युनाइटेड ले हात पारेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा रुम्जाटार युनाइटेडले राँगादिप सेप्ली क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजेता बनेको हो ।

प्रतियोगितामा ज्यामिरे युवा क्लब तृतीय तथा असिने एफसी मिलनचोक सान्त्वना टोली बनेका छन् । खेल संयोजक यिशुराज दाहाल का अनुसार विजेता टोलीले ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेताले २० हजार, तृतीय टोलीले १५ हजार तथा सान्त्वना टोलीले ६ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मोलुङ स्टार युवा क्लबको आयोजनामा असोज ३० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्देश्य गाउँस्तरमा फुटबल खेलप्रति रुचि बढाउने र युवामा खेल भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ ।