रामपुरमा बजार अनुगमन

भिजन समाचार
42
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ रामपुर बजार अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाको संयोजकत्वमा चार वटा किराना पसल र होटलहरू अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको अवस्थामा पाँच हजार ५० रुपैयाँ बराबरका म्याद गुज्रिएको अवस्थामा उपभोग्य सामग्री फेला परेका थिए । ती सामग्री नष्ट गरिएको गाउँपालिकाका रोजगार संयोजक माधव कार्कीले जानकारी दिए ।

अनुगमनका क्रममा देखिएका कमजोरीहरू सच्याउन वडा कार्यालयमार्फत सम्बन्धित व्यवसायीहरूलाई पत्राचार गरिने र पुनः दोहोरिएमा कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने पनि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षा र बजारमा शुद्ध, गुणस्तरीय वस्तु उपलब्ध गराउन नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ ।