जेन–जी सहादत परिवारलाई आयल निगमको रोजगारी

भिजन समाचार
60
Shares
शहिद सुवास बोहराकी आमा कैलीदेवी बोहरा ।

जेन–जी आन्दोलनमा सहादत प्राप्त तीनजनाको परिवारलाई नेपाल आयल निगमले रोजगारी प्रदान गरेको छ । गत भदौ २३ गते नयाँ बानेश्वर आन्दोलनमा ज्यान गुमाएका सुवास बोहराकी आमा कैलीदेवी बोहरा, ओजेन बुढाका बुवा मणिलाल र महेश बुढाथोकीका भाइ उमेशलाई निगमले विभिन्न कार्यालयमा नियुक्त गरेर रोजगारी दिएको हो ।

उपनिर्देशक प्रदीप कुमार यादवका अनुसार कैलीदेवीलाई सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा, मणिलाललाई चितवन भण्डारण परियोजनामा र उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा रोजगारी दिइएको छ ।

त्यसैगरी निगमकाे सिनामंगल कार्यालयका कर्मचारीहरूले मृतकका परिवार र घाइतेहरूलाई दुई लाख ७० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरेका छन् । बुधबार जेन–जीका सात वटै प्रदेशका संयोजकहरुलाई कार्यालयमा बोलाएर निगमका उपनिर्देशक यादवले जानकारी दिएका छन् । सम्पुर्ण शहिद परिवारकाे अवस्था अध्ययन गरेर प्राथमिकताकाे आधारमा तीन परिवारलाई राेजगारीकाे व्यवस्था गरिएकाे यादवले बताए ।