अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ ।
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो । योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ ।
जितसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ । ४ खेलबाट ४ अंक भएको यूएई तेस्रो छ ।

प्रतिक्रिया