ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ का ६७ वर्षीय सन बहादुर तामाङलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार तामाङले भदौ १८ गते आफ्नी ५९ वर्षीया श्रीमती रुपिमाया तामाङलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी रुपिमायाको उपचारका क्रममा भदौ ३० गते काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
मृत्युपछि अनुसन्धानका क्रममा सोही दिन सन बहादुरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो । ओखलढुंगा जिल्ला अदालतको आदेश अनुसार असोज २६ गते तामाङलाई पुर्पक्षका लागि ओखलढुंगा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रतिक्रिया